+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकता घोषणा अघि रेशम पक्राउ, राजनीतिक नाटक चुलियो

जनमत–नागरिक उन्मुक्तिको एकता सभा भाडियो

अत्रिदेव खबर
२०८२ बैशाख १७, बुधबार

काठमाडौ : लामो समयदेखि तयारीमा रहेको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा अन्तिम समयमा आएर स्थगित गरिएको छ। बुधबार तय गरिएको उक्त ऐतिहासिक घोषणासभा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले सभास्थलबाट पक्राउ गरेसँगै स्थगित भएको हो।
घटनाक्रम अनुसार, एकता घोषणाको लागि दुई पार्टीका शीर्ष नेताहरू र हजारौं समर्थकहरू उपस्थित भइसकेका थिए। तर सभा सुरु हुनै लाग्दा प्रहरीले अप्रत्याशित रूपमा रेशम चौधरीलाई नियन्त्रणमा लिएको थियो। चौधरीको गिरफ्तारीपछि माहोल तनावपूर्ण बनेको र दुबै पार्टीका कार्यकर्ताहरू आक्रोशित भएका थिए।
रेशम चौधरी सशस्त्र द्वन्द्वपछिको राजनीति परिवर्तनमा थारू समुदायको आवाज बनेका नेता हुन्। उनले केही समयअघि मात्र जेलमुक्त भई सक्रिय राजनीतिमा पुनः प्रवेश गरेका थिए। नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता जनमतमा ठूलो चर्चा पाएको थियो र यसले मधेश र थारू समुदायको राजनीतिक एकतालाई बल पुर्‍याउने विश्वास गरिएको थियो।
तर चौधरीको गिरफ्तारीले यो प्रयासमा गम्भीर झड्का पुर्‍याएको छ। दुबै पार्टीले पक्राउको निन्दा गर्दै एकता घोषणाको मिति पछि सारिएको जानकारी दिएका छन्। उनीहरूले यो घटनालाई षड्यन्त्रपूर्ण करार गर्दै शान्तिपूर्ण राजनीतिक प्रक्रियामा बाधा पुर्‍याउने प्रयासको रूपमा व्याख्या गरेका छन्।
अब एकता प्रक्रिया कुन मोडमा जान्छ भन्ने विषयमा चासो बढेको छ। चौधरीको रिहाइ र सरकारको प्रतिक्रिया यसमा निर्णायक हुने अनुमान गरिएको छ।

२०८२ बैशाख १७, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १७, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ