धनगढी: सेती प्रादेशिक अस्पतालमा उपचाररत एक मिर्गौला पीडित बिरामीले आत्महत्या गरेका छन्। कैलालीको गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंहले अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेर ज्यान दिएका हुन्।
सिंह लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए र नियमित रूपमा डायलासिस गराउँदै आएका थिए। सोमबार मात्रै उनलाई अस्पतालको मेडिकल वार्डमा भर्ना गरिएको थियो। मंगलबार दिउँसो २ बजेतिर एक्कासी तेस्रो तलामा पुगेका उनले त्यहीँबाट हाम फालेका थिए।
अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका सिंहलाई चिकित्सकले मृत घोषणा गरे।
घटनाका बेला उनकी पत्नी ईश्वरीदेवी सिंह कुरुवाको रूपमा अस्पतालमै थिइन्। केहीबेर बाहिर जाने बहानामा निस्किएका सिंहको यस्तो निर्णयले परिवार, अस्पताल र समाजलाई स्तब्ध पारेको छ।
२०८२ बैशाख १६, मंगलबार