+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्याजका लागि बैंकहरूबीच प्रतिस्पर्धा तात्ने

राष्ट्र बैंकको तीन अर्बभन्दा बढी निक्षेप प्रस्ताव

अत्रिदेव खबर
२०८२ बैशाख १५, सोमबार

काठमाडौं : आर्थिक तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न बुधबार राति १२ बजेसम्म आवेदन दिन आह्वान गरेको छ। यसले बैंकिङ बजारमा ब्याजदर प्रतिस्पर्धा चर्किने आँकलन गरिएको छ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका विकास बैंकहरूमा ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा १९ करोड २१ लाख रुपैयाँ मुद्दती निक्षेप राख्ने तयारी गरेको हो।

मे १७, २०२५ देखि मे १७, २०२६ सम्म ३६६ दिनका लागि रहने यस मुद्दती निक्षेपमा सहभागी हुन न्यूनतम पुँजी कोष कायम भएको, कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको तथा निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद एनपीएल अनुपात ३ प्रतिशत ननाघेको बैंक तथा वित्तीय संस्थालाई मात्र पात्रता दिइनेछ।
विश्लेषकहरूका अनुसार राष्ट्र बैंकको यो पहलले बैंकहरूको तरलता व्यवस्थापनमा सहजता ल्याउनुका साथै मुद्दती निक्षेपमा ब्याजदर बढ्ने सम्भावना पनि देखिएको छ, जसले समग्र वित्तीय बजारमा नयाँ तरंग ल्याउन सक्छ।

२०८२ बैशाख १५, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १५, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ