काठमाडौं: नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राईलाई स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएअनुसार, उनलाई कपनस्थित निवासबाट गत राति पक्राउ गरिएको हो।
सहकारीका सदस्यहरूले ठगीको आरोप लगाएपछि अनुसन्धान थालिएको थियो। प्रारम्भिक अनुसन्धानमा सांसद राईको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।
प्रहरीले ३ दिनको म्याद थपेर थप प्रमाण संकलन र बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ।
२०८२ बैशाख १४, आईतबार