+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनताको जिवन, संघर्ष र सपना नजिकबाट बुझ्ने प्रचण्ड प्रयास

कैलालीका जनताको घरदैलोमा आउदै प्रचण्ड: सुदूरपश्चिममा उत्साहको नयाँ तरंग

अत्रिदेव खबर
२०८२ बैशाख १४, आईतबार

धनगढी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा जनताको बीचमा पुग्न लागेका छन्। ‘जनतासँग माओवादी’ विशेष अभियान अन्तर्गत वैशाख १६ गतेदेखि सुरु हुने उनको दुईदिने भ्रमणले स्थानीय बासिन्दामा नयाँ आशा र जोश थपिएको छ।
प्रचण्ड पहिलो दिन टीकापुर नगरपालिका–८ को सत्ती कर्णाली पुल हुँदै प्रवेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी टीकापुर नगरपालिका ७, ८ र ९ वडामा पर्ने सूर्यपुर र झुंगा बस्तीमा पुगेर स्थानीय जनताको जिवन, संघर्ष र सपना नजिकबाट बुझ्नेछन्। रातको वास समेत गाउँमै तय गरिएको छ, जसले यो अभियानलाई झनै जनमैत्री बनाएको छ।
भोलिपल्ट वैशाख १७ गते झुंगामा आयोजना हुने विशाल जनसभामा प्रचण्ड जनतालाई सम्बोधन गर्नेछन्। त्यसपछि भजनी नगरपालिका हुँदै कैलारी गाउँपालिका–५ बैजपुरमा पुगेर शहीद परिवारसँग भेटघाट तथा अर्को महत्वपूर्ण जनसभा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
यो अभियान केवल भेटघाट मात्र नभई, जनताको भावना बुझी भविष्यको राजनीतिक यात्रामा जनसहभागिता थप सुदृढ गर्ने अभिप्रायले अघि बढाइएको छ। स्थानीय जनतामा व्यापक उत्साह देखिएको छ र सबैले प्रचण्डको स्वागतका लागि तयारी थालिसकेका छन्।
सुदूरपश्चिमको इतिहास र भविष्यलाई समेट्दै यो अभियानले सामाजिक न्याय, समानता र परिवर्तनको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। परिवर्तनका लागि लामो संघर्ष गरेका जनताको आवाज सुन्ने र उनीहरूसँगै नयाँ सम्भावनाको बाटो पहिल्याउने यो पहललाई ऐतिहासिक बनाउने तयारी गरिएको छ।

२०८२ बैशाख १४, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १४, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ