+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सत्ता गठबन्धन बलियो बनाउने तयारी

सरकार परिवर्तनको चर्चा तातेपछि ओली–देउवाको ‘स्ट्रेटेजिक’ भेट

अत्रिदेव खबर
२०८२ बैशाख १३, शनिबार

काठमाडौं :  सरकार परिवर्तनका चर्चाले तातिएको बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार राति  भेटवार्ता भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफल सत्ता सहकार्यलाई अझ प्रभावकारी र मजबुत बनाउने रणनीतिमा केन्द्रित भएको स्रोतले जनाएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुबै नेताले बाहिर फैलिएको सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन्। भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकसमेत सहभागी थिए।

सत्ताको नेतृत्वकर्ता दुई ठूला दलका शीर्ष नेताहरूबीचको यो आकस्मिक भेटवार्तालाई राजनीतिक वृत्तले निकै अर्थपूर्ण रूपमा हेरिरहेको छ। नयाँ समीकरणको सम्भावनालाई चिर्दै वर्तमान गठबन्धनलाई थप सुदृढ बनाउने गम्भीर प्रयास भएको विश्लेषण गरिएको छ।

२०८२ बैशाख १३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ