+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अदालतमा पेश गरिने

काठमाडौंबाट कांग्रेस सांसद माया राई पक्राउ

अत्रिदेव खबर
२०८२ बैशाख १३, शनिबार

काठमाडौं : नेपाली कांग्रेसकी सांसद माया राईलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको कपन क्षेत्रबाट शनिबार (वैशाख १३ गते) साँझ उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्।

राईमाथि काठमाडौं जिल्ला अदालतले पहिले नै पक्राउ पूर्जी जारी गरेको थियो। फरार रहँदै आएकी उनी, कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको अभियोगमा समातिएकी हुन्। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि अदालतमा पेश गरिने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

२०८२ बैशाख १३, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १३, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ