अत्रीदेव खबर / फिडल्याण्ड र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश एसपिएस कोर टिमको आयोजनामा गौरिगंगा १ दिने लागू औषध दुर्व्यसन सम्बन्धि २२५० डिस्कसन एभेन्ट सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेसका पुर्व मुख्यमन्त्री राजेन्द्र सिँह रावलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै यस किसिमका कार्यक्रमले स्काउटको विकास तथा विस्तारमा टेवा पुग्ने र स्थानीय स्तरमा लागू औषध सम्बन्धि जनचेतनामूलक सन्देस प्रवाहमा थप सहयोग हुने बताउनुभयो ।
एसपी एस कोर टिम लिडर पुष्कर अवस्थीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन एसपी एस कोर टिम सदस्य तथा नेपाल स्काउट राष्ट्रिय युवा मञ्च सदस्य श्री लक्ष्मी प्रसाद अम्मैले गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट सुदुरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, गौरिगंगा नगरपालिका नगर उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट भोज बहादुर बम,स्काउट सुदूरपश्चिम परिषद सदस्यहरु भिमराज अम्मै, विनोद बहादुर बोहरा, तोयराज जोशी गौरिगंगा नगरपालिका वडा नम्बर ९ का निवर्तमान अध्यक्ष हरि तिवारी ,फुटवल प्रशिक्षक मिलन ओली लगायतको उपस्थिती रहेको थियो ।