विपद्मा निरीह सरकार : इन्द्र भुसाल

अत्रीदेव खबर ः नेकपा (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)का नेता इन्द्र भुसालले विरल वर्षाका कारण नागरिक विपद्मा परेको बेला सरकार जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको आरोप लगाएका छन्।

विपद्मा रहेका नागरिकले सहयोगको गुहार माग्दा पनि सरकार उपस्थित हुन नसक्नु दुखद् विषय भएको बताए। जनताको सुरक्षाको विषयमा सरकार अनुत्तरदायी भएको उनको आरोप छ। नेता भुसालले भने, ‘चार घण्टासम्म नागरिकले गुहार माग्दा पनि सरकार उपस्थित हुन सकेन। सरकारले जनताको सुरक्षा गर्नुपर्ने हो। तर, सरकार जनताप्रति अनुत्तरदायी भएको देखियो।’

बाढी पहिरोको समयमा पनि आफूहरू अप्ठ्यारो परेको ठाउँमा उद्धारका कार्यमा जुटेको स्मरण गर्दै उनले विपद्मा रहेका नागरिकको उद्धार तथा राहतमा जुट्न आफ्नो सङ्गठनका सदस्य तथा शुभेच्छुकहरूमा आग्रह पनि गरे। अप्ठ्यारोमा परेका मानिसहरूलाई उद्धार गर्नु सबैको कर्तव्य भएको उल्लेख गर्दै उनले सरकारलाई गर्नेतिरभन्दा आवश्यकता परेका नागरिकको उद्धार तथा राहतमा जुट्न आग्रह गरे।

नेता भुसालले भनेका छन्, ‘सशस्त्र प्रहरीसहित हाम्रो टोली अप्ठ्यारो परेको ठाउँमा उद्धारका काम गर्यौं। अविरल वर्षाको कारण जनता अप्ठ्यारो परिस्थितिमा छन्। जो जहाँ हुनुहुन्छ, त्यहाँ उद्धार र राहतको लागि जुट्नुहोला। सरकारले के गर्छ भनेर हेरे बस्ने होइन। हामी आफै पनि उद्धार र राहतमा जुट्न पर्छ।’

सम्बन्धित समाचार