अत्रीदेव खबर/साउन ३२ : समाचारको फिचर तस्वीर कुनै रियालिटी सो वा प्रतियोगिताको होइन यो तस्वीर कैलालीको घोडाघोडी नगरपलिका-१ स्थित न्यु स्टारका बिद्यार्थी लाई बिधालयले अभिभावकको महत्व र सामाजिक सचेतना बारे गराइरहेको ब्यबहारिक ज्ञानको हो ।
आज बुक फ्री डे अन्तर्गत न्यु स्टारले बिधार्थिहरुलाइ अभिभावकको महत्व र सेवामा लाग्नु सबैभन्दा ठूलो कर्म र धर्म हो भन्ने शिक्षा प्रदानका लागि बिधालयमा गरेको कार्यक्रमको तस्वीर हो ।
बिगत ३ दशकदेखी कैलालीको मध्यवर्ती क्षेत्रमा संस्कारसहितको जिवनउपयोगी ब्यबहारिक शिक्षा प्रदान गर्दै आइरहेको न्युस्टारले अहिले महिनाको अन्तिम दिन बुक फ्री डेमा बिद्यार्थीलाई ब्यबहारिक ज्ञान,संस्कारको बिकास तथा उनिहरुको प्रतिभा प्रस्फुटनको साथै अभिभावकको महत्व र सेवाबारे समेत शिक्षा दिदै आएको बिधालयका संस्थापक प्रीन्सिपल परशुराम भण्डारी (पिआर) बताउनुभयो ।
विभिन्न समयको माग र आवश्यकता अनुसारको शिक्षा त्यो पनि खेल्दै सिक्दै बिधिबाट प्रदान गरिरहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले बुक फ्री डे अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेकोमा आज अभिभावकको सेवा ,बोटबिरुवाको संरक्षण र सामाजिक सेवामा लाग्न प्रेरित गर्ने कार्य बिद्यार्थीलाई सिकाउने कार्य सम्पन्न भएको प्रीन्सिपल भण्डारीले जानकारी दिनुभयो । बालबालिकालाई सामाजिक चेतना,संस्कारको ज्ञान तथा ब्यबहारिक शिक्षामा जोड दिएकोमा बिधालयलाइ अभिभावकहरुले धन्यवाद दिए । आफुहरुलाइ सन्तानको तर्फबाट यसकिसिमको माया र स्नेह प्रदान प्राप्त हुदा आँखा रसाएको अभिभावकहरुको भनाइ थियो ।
बुक फ्री डेमा यसअघि विद्यार्थीहरुलाइ ब्यवहारिक ज्ञान ,जीवन उपयोगी शिक्षा प्रदान गर्ने कार्य अन्तर्गत दक्ष प्रशिक्षकहरुलाइ बिधालयमै बोलाएर हेयर कटिङ्ग,दुना टपरी बनाउने तालिम ,सिलाइ-कटाइ,नृत्य,गायन,अभिनयकलाको प्रशिक्षण दिने कार्य बिधालयले सम्पन्न गरिसकेको प्रीन्सिपल भण्डारीले बताउनुभयो । आफुहरुले थालेको संस्कार सहितको सिपमूलक गुणस्तरीय शिक्षा अभियान सुदूरपश्चिम प्रदेशमै एकमात्र रहेको प्रीन्सिपल भण्डारीको दाबी छ ।
बालबालिकालाइ किताबी ज्ञानमा मात्र केन्द्रीत गर्नु उनिहरुको क्षमतालाइ संकुचित गर्नु हो । जसरी खुला आकासमा उड्ने पंक्षीलाई उडान भर्न स्वतन्त्रता चाहिन्छ त्यस्तै बालबालिकालाइ सिकाइका लागि स्वतन्त्र आवश्यक पर्ने महसुस गर्दै उत्सवलाइ निरन्तरता दिएको प्रीन्सिपल भण्डारीले बताउनुभयो ।