प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने भएपछी बालेनले छल्दैछन इन्द्रजात्रा


अत्रीदेव खबर ः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ । गत मंगलबार बैंगलोर पुगेका साह पर्सि मंगलबार स्वदेश फर्किनेछन् ।

सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन उनी त्यहाँ गएका हुन् । केही दिनअघि अनेरास्ववियूका अध्यक्ष समिक बडालले बालेन बैंगलोर गएको सूचना सार्वजनिक गरेका थिए । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन गएको उनको दावी थियो ।

मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् ।
यसपाली बालेन इन्द्रजात्रामा उपस्थित हुने छैनन् । मंगलबार इन्द्रजात्रा नभ्याउने गरी आइपुग्ने सेड्यूल रहेको सचिवालय स्रोतले बतायो । बालेन इन्द्रजात्रा छल्ने नै हिसाबले गएको पनि स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘उहाँ कलेजको कार्यक्रममा गएको भए पनि मुख्य प्रयोजन इन्द्रजात्रा छल्नु नै हो ।

फेसबुकमा वार गरिहेका बेला उहाँ इन्द्रजात्रामा गएर प्रधानमन्त्रीलाई नमस्कार गर्ने मनस्थितिमा हुनुहुन्न ।’ बालेनले बैंगलोरबाटै प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्दै स्टाटसहरु लेखिरहेका छन् ।

सम्बन्धित समाचार