+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालुवाटारमा प्रधानमन्त्री ओली ,प्रचण्ड र देउवाबिच भेटवार्ता

अत्रिदेव खबर
२०८१ भाद्र २७, बिहिबार

अत्रीदेव खबर ः प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । केही समयअघि देउवा र प्रचण्ड बालुवाटार छिरेका हुन् ।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप(प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन् ।

संवैधानिक परिषद्को बैठकसम्बन्धी परामर्श र समसामयिक राजनीतिक विषयमा नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२०८१ भाद्र २७, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ भाद्र २७, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ