न्यु स्टारमा बुक फ्री डे,देखियो बिद्यार्थीमा उत्साह


अत्रीदेव खबर/साउन ३२ : समयको माग र आवश्यकता अनुसारको शिक्षा त्यो पनि खेल्दै सिक्दै बिधिबाट प्रदान गरिरहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले बुक फ्री डे अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ ।
कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका-१ सुखडमा बिगत २६ बर्षदेखी गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको न्यु स्टारले शुक्रबारलाइ बिद्यार्थीहरुको उत्सवका रुपमा मनाउने गरेको हो । जसलाइ न्युस्टारले “बुक फ्री डे अर्थात सिकाइ उत्सव” भनेर मनाउने गरेको संस्थापक प्रीन्सिपल पिआर भण्डारीले बताउनुभयो ।
बुक फ्री डेमा विद्यार्थीहरुलाइ ब्यवहारिक ज्ञान ,जीवन उपयोगी शिक्षा प्रदान गर्ने गरिएको छ । बिधालयले दक्ष प्रशिक्षकहरुलाइ बिधालयमै बोलाएर हेयर कटिङ्ग,दुना टपरी बनाउने तालिम ,सिलाइ-कटाइ,नृत्य,गायन,अभिनयकलाको प्रशिक्षण दिने गरेको प्रीन्सिपल भण्डारीले बताउनुभयो । आफुहरुले थालेको संस्कार सहितको सिपमूलक गुणस्तरीय शिक्षा अभियान सुदूरपश्चिम प्रदेशमै एकमात्र रहेको प्रीन्सिपल भण्डारीले दाबी गर्नुभयो ।
बालबालिकालाइ किताबी ज्ञानमा मात्र केन्द्रीत गर्नु उनिहरुको क्षमतालाइ संकुचित गर्नु हो । जसरी खुला आकासमा उड्ने पंक्षीलाई उडान भर्न स्वतन्त्रता चाहिन्छ त्यस्तै बालबालिकालाइ सिकाइका लागि स्वतन्त्र आवश्यक पर्ने महसुस गर्दै उत्सवलाइ निरन्तरता दिएको प्रीन्सिपल भण्डारीले बताउनुभयो ।
“बुक फ्री डे अर्थात सिकाइ उत्सव”मा बिधार्थिहरु किताब नबोकी बिधालय आउछन अनि आफुमा भएका प्रतिभा प्रस्फुटन गर्छन ,सिकाइ आदानप्रदान गर्छन अफ्नो आफ्नो संस्कार,संस्कृती बारे एकअर्कालाइ बुझाउछन बुझ्छन । जस्ले गर्दा बालबालिकामा सामाजिक उत्तरदायित्व ,संस्कारको बिकास,संस्कृति बारे जानकारी तथा सहयोगी भावनाको बिकास हुन्छ ।

सम्बन्धित समाचार