+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१८ महिने कार्यकाल सफल पार्न सहयोग पुर्याउने सबैलाइ प्रचण्डको धन्यवाद

अत्रिदेव खबर
२०८१ अषाढ ३१, सोमबार


अत्रीदेव खबर / असार ३१ : निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रूपमा आफ्नो १८ महिने कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सोमबार सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमार्फत अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारलाई सफल बनाउन भूमिका खेल्ने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलगायत सबैलाई धन्यवाद दिएका हुन्।

‘तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो,’ उनले लेखेका छन्।

उनले कानुन नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसस्था र आम जनसमुदायलाई पनि धन्यवाद दिएका छन्।

२०८१ अषाढ ३१, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३१, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ