+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

अत्रिदेव खबर
२०८१ अषाढ ३०, आईतबार

अत्रीदेव खबर / असार ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्ति प्रधानमन्त्री ओलीकाे शपथ ग्रहण भने सोमबार बिहान ११ बजे मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएकाे छ।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राति नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए। 

२०८१ अषाढ ३०, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३०, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ