+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केपि ओलीलाइ प्रधानमन्त्री नियुक्त गरिनु संविधान बिरोधी काम ,अदालत जाने तयारी

अत्रिदेव खबर
२०८१ अषाढ ३०, आईतबार


अत्रीदेव खबर/असार ३० : कानुनविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई असंवैधानिक तरिकाले नियुक्त गरेको बताएका छन् ।

आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीका लागि आह्वान गरेर असंवैधानिक कदम उठाएको बताए ।
उनले संविधान संशोधनको नाममा कांग्रेस र एमालेले पुरानै संविधान ब्युँताउन खोजेको पनि दाबी गरे ।

“संविधान संशोधनको नाममा दुई पार्टीका नेताहरूले नाडी छाम्ने काम गरेका छन् । यसको प्रतिवाद जनताले गर्ने छन् । संसद्को सबैभन्दा ठूलो र दोस्रो ठूलो पार्टी मिलेर उद्देश्यहीन र गन्तव्यहीन यात्रा सुरु गरेका छन्,” उनले भने ।

त्यसैगरी, स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष तथा अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेर संविधान च्यात्ने काम गरेको बताए ।

“संविधानको अपव्याख्या गरेर राष्ट्रपतिले असंवैधानिकरूपमा प्रधानमन्त्री नियुक्ति गर्न लाग्नुभएको छ । यो संविधानमाथिको घात हो, संविधानको बलात्कार हो, यो विषय अदालत जान्छ,” न्यौपानेले भने ।

उनले कांग्रेस र एमालेले संशोधनको नाममा संविधान समाप्त पार्ने खेल खेलेको बताउँदै लोकतन्त्र पनि खतरामा परेको बताए ।
राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुन व्यवसायीहरू अदालत गइसकेको बताउँदै न्यौपानेले भने, “संविधानमाथि फेरि घात भएको छ, असंवैधानिकरूपमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ, यसका विरुद्ध कानुन व्यवसायी अदालत गइसकेका छन् ।”

२०८१ अषाढ ३०, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३०, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ