+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

त्रीशुली पहिरो अपडेट :गोलाघाटमा फेरि भेटियो एक शव

अत्रिदेव खबर
२०८१ अषाढ ३०, आईतबार


अत्रीदेव खबर / असार ३० : भरतपुर–२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ।

गोलाघाटमा नारायणी र राप्ती नदी मिसिन्छन्। नदीको टापुमा एउटा शव भेटिएको जानकारी पाएपछि सुरक्षाकर्मी त्यसतर्फ लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए।

खोजी गर्दै जाँदा अहिलेसम्म एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। 
शनिबार गालाघाटमै भारतीय नागरिक ऋषि पाल साहको शव भेटिएको थियो। उनी गणपति यातायातको बसमा चढेको खुलेको थियो। 
शनिबार गैँडाकोटमा दुई जनाको शव भेटिएको थियो। 

ती शवहरू माडी–१ का २२ वर्षीय विकास परियार र अर्को शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको रहेको खुलेको छ। 

विकास एन्जल डिलक्स र रमित गणपति ट्राभल्सको बसमा सवार रहेको खुलेको छ। 

२०८१ अषाढ ३०, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ३०, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ