+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मन्त्री चयनका लागि कांग्रेसको मापदण्ड तय

अत्रिदेव खबर
२०८१ अषाढ २९, शनिबार


अत्रीदेव खबर / असार २९ : नेपाली कांग्रेसले मन्त्री चयनको मापदण्ड तय गरेको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि मापदण्ड तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशीताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनौट गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए।

साथै बैठकले नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटनामा हराएकाको खोजी र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले जानकारी दिए।

२०८१ अषाढ २९, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २९, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ