+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनल प्रवेश

अत्रिदेव खबर
२०८१ अषाढ २७, बिहिबार


अत्रीदेव खबर/ असार २७ : कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ।

बिहीबार बिहान उरूग्वेविरूद्ध १-० गोलको जित निकाल्दै कोलम्बियाले फाइनलमा स्थान बनाएको हो।

जेफरसन लेर्माले ३९ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा ड्यानियल म्युनेज दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि  कोलम्बिया दोस्रो हाफअघि नै १० खेलाडीमा सिमित भएको थियो।

दोस्रो हाफमा उरूग्वे हाबी भएपनि गोल गर्न सकेन। ६७ औं मिनेटमा उरूग्वेले लुइज स्वारेजलाई मैदान उतारेको थियो। 

स्वारेजको एक प्रहार क्रस बारमा लागेर फर्किएको थियो।
१० खेलाडीले उरूग्वेलाई गोल गर्नबाट रोक्नका साथै गोलका दुई उत्कृष्ट मौकासमेत सिर्जना गरेको थियो।

दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि कोलम्बिया फाइनल प्रवेश गरेको हो।
उसले सोमबार उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ।

२०८१ अषाढ २७, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २७, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ