+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीको ब्रिफिङ–ओलीले ढाँट छल गरेर नयाँ समीकरण बनाए

अत्रिदेव खबर
२०८१ अषाढ २६, बुधबार


अत्रीदेव खबर / असार २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचणड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै एमालेका अध्यक्ष केपी ओलीले ढाँट छल गरेर नयाँ समीकरण बनाएको बताएका छन्। 

बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले दस्तखत भइसक्दा पनि केही भएको छैन् जस्तो देखाएर नयाँ समीकरण गरेर झुक्काउने काम भएको जानकारी गराएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

उनले भने, ‘१७ गते प्रधानमन्त्री र ओलीबीच झण्डै ३ घण्टा कुराकानी भएको र त्यहाँ सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने कुरा भएको र बाहिर मिडियामा आएका समाचार झूटा हुन् भनेपछि १७ गते राति १२ बजे दस्तखत गरिसकेपछि पनि ओलीले बिहान प्रधानमन्त्रीसँग भेटेर केही भएको छैन् भने, ३ जना नेता नै बसेर कुरा गर्ने भनेको र केपीजी ३ जना बसौं भन्दै हुनुहुन्छ के हो भनेर सोधेपछि शेरबहादुर देउवाले हैन दस्तखत भइसक्यो अब सक्योे सरी भनेपछि बल्ल बाहिर आयो यस्तो ढाँट छल भयो भनेर दललाई प्रधानमन्त्रीले जानकारी गराउनुभयो।’

त्यस्तै बैठकले संविधानको व्यवस्था अनुसार विश्वासको मत फेस गर्ने र त्यसका लागि सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।

२०८१ अषाढ २६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ