अत्रीदेव खबर / असार २५ : कैलालीको घोडाघोडी नगरपालिकाले नगरपालिकामा भएका असहाय तथा टुहुरा बालबालिकाहरूलाई शैक्षिक सामाग्री खरिदका लागी छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने २ सय ८ जना असहाय तथा टुहुरा बालबालिकाहरूलाई मङ्गलवार छात्रवृत्ति वितरण गरेको हो ।
नगरपालिकाले प्रति विद्यार्थी ३ हजार रुपैयाँका दरले शैक्षिक सामाग्री वितरण गरेको नगरपालिकाका शिक्षा शाखाका अधिकृत उमेशराज रेग्मीले जानकारी दिए ।
नगर प्रमुख खडक बहादुर रावतले सामान्य शैक्षिक सामग्री खरिद गर्न नस्क्दा समेत शिक्षण सिकाइ प्रभावित हुने गरेका कारण बिद्यार्थीहरु नियमित विद्यालय आउने अवस्था नरहेको कारण बिद्यार्थीहरुलाइ सहज होस भनेर शैक्षिक सामाग्री वितरण गरेको बताए ।
आमाबाबु दुवै गुमाएका र अध्ययनमा समस्या भएका विभिन्न बालबालिकाहरूलाई नगर सरकारले अभिभावकत्व ग्रहण गरेको समेत नगर प्रमुख रावतले बताए । बालबालिकाको पढ्ने उत्कट चाहना तर सामान्य भन्दा सामान्य आर्थिक समस्याले बिथोलिएको अवस्थामा अब उप्रान्त त्यस किसिमको समस्या नहोस भन्ने योजनाका साथ अघि बढेको नगर प्रमुख रावतले बताए ।
छात्रवृत्ति बितरणका क्रममा नगर प्रमुख रावतले बाल्बालिकाहरुलाइ धेरै पढेर समाजको ठुलो र जिम्मेवार व्यक्ति बन्न समेत विद्यार्थीलाई अनुरोध गरेका थिए । आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई थप व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख, शिक्षा शाखाका प्रमुख, अधिकृत, वडा अध्यक्षहरू,सम्बन्धी विद्यालयका शिक्षकहरू र बालबालिकाहरूको उपस्थिति रहेको थियो ।