अत्रीदेव खबर / असार २५ : नवलपुरको गैँडाकोट– १ नारायणी नदीमा तीनजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट– १ मजुवा सामुदायिक वननजिक नारायणी नदी किनारमा दुई पुरुष पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भेटिएको हो । शव अहिले नारायणी नदीमै छ ।
अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भइरहेको छ। शवको पहिचान हुन सकेको छैन। उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८१ अषाढ २५, मंगलबार