+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोरङ र सुनसरीमा अत्याधिक वर्षा सचेत रहन आग्रह

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर / असार २५ : मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैँचा, बेलबारीआसपासमा भारी वर्षा भएको र अझ धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बुढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउन सक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ