अत्रीदेव खबर / असार २५ : बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा सोमबार राति झपड हुँदा केही बाल कैदी फरार भएका छन्।
सोमबार साँझ करिब ७ बजे खाना खाने विषयमा विवाद उत्पन्न भएसँगै झडप भएको थियो। झडपपछि झण्डै ५० जना बाल कैदी सुधार गृहबाट भागेका हुन्।
भागेकामध्ये ८ जना अझै फरार छन्। अन्यलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यहाँ २ सय ७२ जना बाल कैदी राखिएको छ। विवाद गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
बाँके प्रशासनको र प्रहरीको कडा व्यवस्थापनमा रहेको सुधार गृहमा पटकपटक यस्ता घटना भइरहन्छन्।