+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी सम्बन्धी संसदीय छानबिन समितिले गर्‍यो गभर्नरसँग छलफल

अत्रिदेव खबर
२०८१ अषाढ २४, सोमबार



अत्रीदेव खबर / असार २४ : सहकारी संस्थाका बचत दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्। 

सोमबार समितिले गभर्नर अधिकारीसहित बैंकका अधिकारीहरूसँग सहकारी समस्याबारे छलफल गरेका हुन्। समितिले सहकारीको समस्या र समाधान खोज्न विभिन्न पदाधिकारी, व्यक्तित्वसँग छलफल र सोधपुछ गर्ने काम गरिरहेको छ। 

यसअघि गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, एआइजी श्याम ज्ञवाली लगायतसँग पनि छलफल गरेको थियो। 

विशेष समितिले सहकारीका समस्या र समाधान खोज्न प्रतिनिधि सभाका राजनीतिक दलसँग पनि सुझाव माग गरेको थियो। 

त्यसैगरी समस्याग्रस्ता २९ सहकारीका सञ्चालकलाई पनि समितिमा उपस्थित हुन निर्देशन दिएको थियो।

२०८१ अषाढ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ