+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बागमती उर्लेपछी समस्या

अत्रिदेव खबर
२०८१ अषाढ २२, शनिबार


अत्रीदेव खबर / असार २२ : काठमाडौं उपत्यकामा अविरल वर्षासँगै बागमतीमा पानीको सतह बढेको छ।

शुक्रबार रातिदेखि लगातार पानी पर्दा बागमती नदीको जल सतह बढेको हो। 

टेकुदेखि युएन पार्कसम्मका बागमती नदी किनाराका संरचनाहरू डुबाएका छन्। 

जल सतह बढ्दा युएन पार्कभित्र पनि बाढी पसेको छ भने करिडोरका पार्क, शौचालय, प्रतिक्षालय डुबानमा परेको छ। 

थापाथली आसपास रहेका सुकुम्बासी बस्तीमा पनि बाढीको जोखिम बढेको छ। 

बल्खुमा तरकारी बजार पनि डुबानमा परेको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमतीले ललितपुरको खोकनामा खतराको तह पार गरेको छ। साढे २ बजे खोकनामा बागमती नदीको सतह ४.१९ मिटर छ। यसको  खतराको तह ४ मिटर हो।  

भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको वहाब बढेको छ। त्यहाँ तटीय क्षेत्रमा रहेका घरहरूमा बाढी पसेको छ।

अविरल वर्षाका कारण बाढी पहिरोबाट क्षति हुन नदिन र निरन्तर निगरानी गर्न काठमाडौंका तीनै जिल्लाहरूमा सुरक्षा कर्मीलाई गस्तीमा खटाइएको छ। 

नदि आसपास र बाढी पहिरोको जोखिम रहेको क्षेत्रहरूमा प्रहरीलाई गस्तीमा खटाई विपदजन्य घटनामा तत्काल रेस्पोन्स गर्न सकिनेगरी समन्वय अगाडि बढाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

२०८१ अषाढ २२, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २२, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ