अत्रीदेव खबर/ असार २२ : नारायणी नदीको नारायणगढ देवघाट क्षेत्रमा जल सतह बढेको छ । शनिबार सबेरैदेखि चितवनमा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाको दक्षिणी भेग माडीका खहरे खोलाहरूमा बाढी आउँदा यातायता सेवा प्रभावित भएको छ ।
चितवन जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै बिहान १० बजेर ४० मिनेट जाँदा नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको जनाएको छ । जल सतह बढ्दो क्रममा रहेको हुँदा नदी तटका बासिन्दालाई सजग रहन प्रशासनले अपिल गरेको छ । साँझसम्म उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । चितवनमा पानी रोकिने संकेत देखिएको छैन ।