साढे एघार सय बिरुवा रोप्दै कलम बम ,सामाजिक उत्तरदायित्व प्रमुख प्राथमिकता



अत्रीदेव खबर / असार २१ : कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको  कलम बम मेमोरियल इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा सप्ताह व्यापी एक व्यक्ति एक बिरुवा अभियान सुरु भएको छ ।
शुक्रबारदेखी  देखि ११ सयभन्दा बढी विद्यार्थी र ४५ जना  शिक्षक तथा कर्मचारी गरि करिब साढे ११ सय सदस्य रहेको कलम बमले ले वृक्षरोपण सप्ताहको शुभारम्भ गरेको हो ।
पछिल्लो समय बढ्दो वातावरण प्रदुषण र वन बिनासले निम्त्याएको वातावरण असन्तुलनलाई रोकथाम गर्न  र त्यसको सुरुवात आफैबाट गर्नुपर्छ भन्ने भावनाअनुरूप यो अभियान चलाइएको बिधालयका प्रीन्सिपल युवराज बमले जानकारी दिनुभयो ।
कार्यक्रमको अभियान अन्तर्गत आज पहिलो दिन करिब १ हजार बिरुवा रोपिएको छ  । यस कार्यक्रमले समाजलाई वनजंगल संरक्षण र विस्तार गर्न प्रेरणा मिल्ने अपेक्षा आफुहरुले लिएको प्रीन्सिपल बमले बताउनुभयो ।
स्थापना देखिनै मध्यवर्ती क्षेत्रको शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएको कलम बम मेमोरियल स्कुल सदैव समाजसेवा र प्रकृति संरक्षण लगायत सम्पूर्ण सामाजिक कार्यमा पनि अग्र स्थानमा रही दायित्व पूरा गर्ने प्रीन्सिपल बमले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार