अत्रीदेव खबर / असार २१ : कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका-१ सुखडमा रहेको न्यु स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलले शिक्षण सिकाइ प्रक्रिया मा बिशेष जोड दिएको छ ।
साना साना बालबालिकालाइ खेलाउदै सिकाउदै अभियानलाइ न्यु स्टारले जोड दिएको हो । बिगत २६ बर्षदेखी शैक्षिक सेवा प्रदान गर्दै आइरहेको न्यु स्टारले संस्कार सहितको शिक्षालाइ प्राथमिकता दिएर अघि बढेको बिधालयका संस्थाप प्रीन्सिपल पिआर भण्डारीले जानकारी दिनुभयो ।
बालबालिकाले बिधालयमा सिकेका कुराहरु महत्त्वपूर्ण हुनुपर्छ र ती कुराहरुलाइ सरल सहज ढंगले सिकाउनुपर्छ भन्ने मुल लक्ष्य राखेर न्यु स्टार अगाडि बढेको भण्डारीको भनाइ छ । साना साना बालबालिकालाइ महत्त्वपूर्ण कुराहरु सरल र सहज ढंगले सिकाउन बिधालयका शिक्षक शिक्षिकाहरुको महत्त्वपूर्ण भुमिका रहेको उहाँको भनाइ छ ।