+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकीकृत समाजवादीले टुंगो लगायो ९३ सदस्यीय केन्द्रीय कमिटी( सुची सहित )

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर / असार २१ : नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ। 

दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका थिए।

शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।

एकीकृत समाजवादीले उपलब्ध गराएको सूचीमा यसअघि केन्द्रीय कमिटीमा रहेका धेरै नेता अटाएका छैनन्।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ