+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सडक भासिएर खाल्डाेमा खसेकाे मोटरसाइकल र दुई व्यक्तिकाे उद्दार

अत्रिदेव खबर
२०८१ अषाढ १९, बुधबार

अत्रीदेव खबर / असार १९: काठमाडौँकाे सोह्रखुट्टे-बालाजु सडक करिब ११ फिट गहिरो भासिएको छ।

काठमाडौँ महानगरपालिका-१६ नयाँबजारकाे सडक बुधबार बिहान भासिएको हाे।

सडक भासिँदा दुईजना सवार मोटरसाइकल खसेको थियाे। भासिएकाे खाल्डाेमा खसेकाे बा ५० प ३८२ नम्बरको मोटरसाइकल महानगर प्रहरी र सशस्त्र प्रहरीले निकालेकाे छ। मोटसाइकलमा सवार व्यक्तिकाे पनि सकुशल उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ।

सडकमा भासिएपछि सवारी आवागमन पनि प्रभावित बनेका छ। उक्त सडककाे अहिले मर्मत सुरू गरिएको छ। 

२०८१ अषाढ १९, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १९, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ