रास्वपामा हरायो वाकस्वतन्त्रता ,मुखमा कालो टेप टाँसेर  महामन्त्री ढकाल बैठकमा

अत्रीदेव खबर/असार १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा विरोध प्रकट गरेका छन् ।
महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् ।
महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ । सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो । 

सम्बन्धित समाचार