अत्रीदेव खबर/असार १८ : नेकपा एमालेले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ।मंगलबार पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको एमाले सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती लगायत रहेका छन् ।
नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरेको एमालेले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ ।
२०८१ अषाढ १८, मंगलबार