+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रास्वपा अहिलेकै गठबन्धनमा रहने

अत्रिदेव खबर
२०८१ अषाढ १८, मंगलबार


अत्रीदेव खबर / असार १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ।

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए।

नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने उनले बताए। रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट छौं,’ उनले भने, ‘अर्को सरकार बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं।’

२०८१ अषाढ १८, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १८, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ