+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रमुख दुई दल एमाले-काङ्ग्रेसको अप्रत्यासित गठबन्धन : केपि ओली प्रधानमन्त्री बन्दै

अत्रिदेव खबर
२०८१ अषाढ १८, मंगलबार


अत्रीदेव खबर / असार १८ : नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने साेमबार मध्यरातमा भएको छ।
दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति ललितपुरको एक होटलमा भएकाे दुबै दलनिकट नेताहरूले पुष्टि गरेका छन्। दुई दलका दोस्रो तहका नेताहरुले राति नै लिखित सहमतिको मस्यौदा पनि तयार गरेका छन्।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको स्राेतले जानकारी दिएकाे छ ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे पनि जानकारी स्रातले दिएकाे छ ।

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा :

१.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने ।

२.प्रदेश सरकारहरुमा ३/३ वटा सरकार बाँड्ने । मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।

३.संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी ।

४.प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने ।

५.पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
६.संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने ।

७.प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने ।

२०८१ अषाढ १८, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १८, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ