+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नागरिक उन्मुक्तिले सुदुरपश्चिमका आफ्ना दुई मन्त्री फिर्ता बोलायो

अत्रिदेव खबर
२०८१ अषाढ १७, सोमबार


अत्रीदेव खबर/असार १७ : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ ।
संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई पत्र काटेरै फिर्ता बोलाएको जनाए ।
सुदूरपश्चिममा नाउपाका कैलाश चौधरी र टीका थापा मन्त्री छन् । चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमिसुधारमन्त्री छन् ।
दलका नेता घनश्याम चौधरीका अनुसार दुवैले दलको निर्णयविरुद्ध सरकारमा गएको भन्दै तत्काल फिर्ता हुनुपर्ने बताए ।

‘मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मतको पक्षमा मतदान नगर्न निर्देशन (ह्वीप) जारी गरिएकोमा सोको उल्लंघन गरी फ्लोर क्रस गरिएकोले हालको सुदूरपश्चिम प्रदेश सरकारबाट माननीयज्युलाई समर्थन फिर्ता लिन अनुरोध गर्दछु’, मन्त्रीलाई दलका नेता चौधरीले पठाएको पत्रमा लेखिएको छ ।

२०८१ अषाढ १७, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १७, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ