+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

अत्रिदेव खबर
२०८१ अषाढ १७, सोमबार


अत्रीदेव खबर / असार १७ : नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (साेमबार) बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्दैछ।

सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा काँग्रेस पदाधिकारी बैठक बस्न लागेको हो।

२०८१ अषाढ १७, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १७, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ