+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देउवाले बोलाए पदाधिकारी बैठक

अत्रिदेव खबर
२०८१ अषाढ १६, आईतबार


अत्रीदेव खबर / असार १६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निवास बूढानीलकण्ठमा सोमबार अपराह्न ३ बजे बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्। पौडेलका अनुसार बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोजस्ता विषयमा छलफल हुनेछ। कांग्रेसले गत पुसमा ६ महिना भित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेनन्।
असार १५ गतेदेखि भ्रातृ संस्थाका तदर्थ समितिको म्याद सकिएको थियो। पौडेलका अनुसार भ्रातृ संस्थाका म्याद के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिनु पर्ने अवस्था पनि छ।

यसैबीच सभापति देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार निवास बालकोटमै पुगेर भेटेका थिए।
सभापति देउवा र अध्यक्ष ओलीबीच तीन घन्टा कुराकानी भएको थियो

२०८१ अषाढ १६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ