+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बालकोटमा पत्नी सहित देउवा ,ओलीसंग तीन घन्टा कुराकानी 

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर / असार १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घन्टा कुराकानी भएको छ।

ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्।

देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ