+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहमती नभए निर्वाचनबाट नयाँ नेतृत्व : खनाल

अत्रिदेव खबर
२०८१ अषाढ १५, शनिबार


अत्रीदेव खबर / असार १५ : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको नेतृत्व सकेसम्म सर्वसम्मत चयन गरिने बताएका छन्।

आगामी महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले महाधिवेशनले सर्वसम्मत हुनेगरी नेतृत्व निर्माण गर्ने बताएका हुन्।

‘अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ की पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौँ,’ उनले भने।

उनले पार्टीभित्र नेताहरुबीच कहीँ पनि ठूलो समस्या नरहेको बताए।

‘हामी कहिले कहीँ बहस गर्छौं। कम्युनिष्ट पार्टीका नेताहरुको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन। हामीले यो महाधिवेशन भित्रबाट पनि मन्थन गरेर व्यापक दस्ताबेजहरुको संश्लेषण गरेर आफ्नो निस्कर्ष निकाल्छौँ,’ उनले भने।  

२०८१ अषाढ १५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ