+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीकाे ६ अर्ब रकम दुरुपयाेग गरेकाे आराेप लागेका काँग्रेस नेता पक्राउ

अत्रिदेव खबर
२०८१ अषाढ १५, शनिबार

अत्रीदेव खबर / असार १५ : ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

नेपाली काँग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुखसमेत रहेका भण्डारीमाथि वचतकर्ताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिएर दुरूपयोग गरेको आरोप लागेको छ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो।

उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो।

२०८१ अषाढ १५, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १५, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ