अत्रीदेव खबर / असार १२ : कैलालीको गौरिगंगा नगरपालिका-९ का ३२ बर्षिय गोपाल दाहालको उपचारका लागि सहयोग अपिल गरिएको छ ।
मसुरिया फुटबल एकेडेमीमा संस्थापक सदस्य दाहाल असार ६ गते कामको सिलसिलामा मसुरिया बाट सुखड जानेक्रममा पहलमानपुर नजिकै दुर्घटनामा परी गम्भीर घाइते भई हाल धनगढी स्थित निसर्ग अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको तथा हालसम्म अचेत अवस्थामा रहेको र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले थप उपचारका लागि आर्थिक समस्या परेकोले सहयोगको लागी उहाको श्रीमतीको(रमा दाहाल) बैंक खातामा आर्थिक सहयोग गरिदिनुहुन सामाजिक संजाल मार्फत गौरिगंगा -९ का निवर्तमान अध्यक्ष हरि तिवारी लगायत सामाजिक अगुवा तथा युवाहरुले अपिल गरेका छन ।
दाहालको जीवन रक्षाको लागि तलको क्युआर कोडमा स्क्यान गरेर सहयोग गर्न सक्नुहुन्छ ।