+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजदुत सिफारिस प्रकरण  : ओली-भण्डारीबीचको असमझदारी  सतहमा

अत्रिदेव खबर
२०८१ अषाढ ११, मंगलबार

अत्रीदेव खबर / असार ११ :  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र विद्या भण्डारीबीचको असमझदारी सतहमा देखिन थालेको छ।

एमालेको सक्रिय राजनीतिमा फर्किन पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको केही समयमै अध्यक्ष ओलीसँग उनको देखिने गरी दूरी बढेको हो।

एमाले स्रोतका अनुसार भण्डारीले पार्टीमा आक्रामक ढंगले अघि बढ्ने योजना बनाइरहँदा असन्तुष्ट भइरहेका ओलीसँग राजदूत नियुक्तिको विषय थपिएको छ।

रिक्त पारिएको ११ देशको राजदूतमध्ये एमालेको भागमा आठवटा लिने समझदारी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ र सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग गरेका थिए।

पार्टीको भागमा परेकामध्ये दुईवटामा भण्डारीले आफू अनुकूलका व्यक्तिलाई पठाउन आग्रह गरेकी थिइन्।

स्रोतले बताएअनुसार भण्डारीले अमेरिकाका लागि पूर्वपरराष्ट्रमन्त्री बिमला राई पाैड्याल र अर्को कुनै महत्त्वपूर्ण देशमा सुशिल प्याकुरेललाई पठाउन भनेकी थिइन्। तर, ओलीले अमेरिकामा आफू अनुकूलका पूर्वसचिव चन्द्र घिमिरेलाई सिफारिस गराए भने प्याकुरेललाई इच्छाविपरीतको दक्षिण कोरिया पठाउने गरी निर्णय गराए।

राईलाई नियुक्ति नै नदिनु र प्याकुरेललाई पनि भने जस्तो देशमा नपठाएपछि भण्डारी ओलीसँग चिढिएकी हुन्। प्याकुरेलले नियुक्ति प्रक्रियाप्रति असहमति जनाउँदै राजदूत पद नै अस्वीकार गर्नुका पछाडि ओलीसँगको असमझदारीले पनि काम गरेको हो। पद अस्वीकार गरेर विज्ञप्ति निकाल्नुअघि प्याकुरेलले ओलीसँग भेट गरेका थिए।

मानव अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय प्याकुरेललाई अवमूल्यन गरेको बुझाइ भण्डारी वृत्तमा छ। उनीभन्दा कनिष्ट अर्जुन कार्कीलाई यसअघि नै अमेरिका जस्तो देशमा पठाउँदा पनि उनलाई दक्षिण कोरियामै सीमित गर्न खोजिएको छ।
राई भण्डारीकै कोटामा राष्ट्रियसभा सदस्य रहेको अवस्थामा प्रचण्डको नेतृत्व एमालेसहितको गठबन्धन हुँदा अघिल्लो पटक छोटो समय परराष्ट्रमन्त्री भएकी थिइन्।

२०८१ अषाढ ११, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ११, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ