+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय तहहरूलाई झण्डै १७ अर्ब  सम्मानिकरण अनुदान दिने मन्त्रिपरिषदको निर्णय

Bhojpur paani
अत्रिदेव खबर
२०८१ अषाढ १०, सोमबार


अत्रीदेव खबर / असार १० : मन्त्रिपरिषद बैठकले स्थानीय तहहरूलाई सम्मानिकरण अनुदान हस्तान्तरण गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्मानिकरण अनुदानमा सात प्रतिशत कटौती गरी स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारीअनुसार १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको छ।

स्थानीय तहहरूलाई सम्मानिकरण अनुदानका लागि ८७ अर्ब ३५ करोड ३५ लाख विनियोजन भएकोमा त्यसको ९३ प्रतिशत हुने गरी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो।

२०८१ अषाढ १०, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ १०, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर