अत्रीदेव खबर / असार १०: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ।
प्रतिनिधि सभाबाट आज बजेट पास गर्ने तयारी छ। बैठकको कार्यसूचीमा विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ। अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्नेछन्।
त्यस्तै आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।’ अर्थमन्त्री पुनले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। भन्सार महसुलसम्बन्धि विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।
त्यसअघि आजै बजेटमाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची पनि छ।

२०८१ अषाढ १०, सोमबार