+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संघीयताविरोधी बजेट ल्याएको भन्दै कांग्रेसले अवरूद्ध गर्‍यो लुम्बिनी प्रदेश सभा बैठक

अत्रिदेव खबर
२०८१ अषाढ ७, शुक्रबार

अत्रीदेव खबर / असार ७ : लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको विषयलाई लिएर शुक्रबारको बैठक अवरूद्ध पारेको हो।

बजेट जनतामैत्री र संघीयताविरोधी आएको भन्दै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएको छ। 

बैठकको सुरूमा कांग्रेस संसदीय दलका नेता तथा यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफनो धारणा राखेका थिए। 

त्यसलगतै काग्रेसले सदन अवरूद्ध गरेको हो। दल नेता चौधरीले धारणा राखिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।

बैठक सञ्चालन भएको पाँच मिनेट ५९ सेकेण्डमा सदन अवरुद्ध भएको हो। अहिले प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षका दलहरूका बीचमा सदन खुलाउनेबारे छलफल भइरहेको छ।

त्यसअघि प्रदेशसभामा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथाकिमतामा नराखेको तथा चालू वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको भन्दै अहिलेको बजेट किसानमैत्री नभएको भन्दै विरोध जनाएका थिए। 

यो किसान विरोधी सरकार हो,’ उनले प्रश्न गरे  ‘यस्तो कार्यले संघीयताको पुष्टि कसरी हुन्छ?’

आम जनतालाई मल बिउ पुर्‍याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथमिकता हो भनेर पनि  प्रश्न गरेका थिए।

२०८१ अषाढ ७, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ७, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ