+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइजिपी फेर्ने चर्चा कहीँ चलेको छैन: गृहमन्त्री लामिछाने

अत्रिदेव खबर
१० महिना अगाडी


अत्रीदेव खबर/ असार ६ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक फेर्ने चर्चा कतै नचलेको बताएका छन्। चितवनमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले कसैले चर्चा चलाइको र त्यसमा सत्यता नरहेको बताएका हुन्।

‘चर्चा कसैले चलाइदियो, बुझ्नेले कसरी बुझ्नुभयो, तपाईंको प्रश्न कुन ढंगमा आयो। आइजिपी फेर्ने कुरा मैले कहाँ भनेँ, तपाईंले कहाँ सुन्नुभयो? कुनै ठाउँमा कुनै पत्रिकाले लेखिदियो होला? अर्काले बनाइदिएको हेडलाइन बोकेर तपाईंहरूजस्ता मूर्धन्य, इतिहास बोकेका पत्रकार हिँड्नु हुँदैन। त्यस्तो चर्चा कहाँ चल्या छ र भन्या? बजारमा कहीँ कतै, बिजोग ठटकम, कन्तबिजोग डटकम, महाबिजोग डटकमले लेखेको कुराको जवाफ गृहमन्त्रीले दिएर हिँड्छ त?,’ उनले भने।

गृहमन्त्रीले डिआइजी नसारे के सार्छ त भन्दै उनले प्रतिप्रश्न गरे। डिआइजी बढुवामा पालो मिचिएको भन्ने पत्रकारको जिज्ञासामा उनले त्यस्तो कहिले पनि नहुने बताए।

‘त्यसको आफ्नो चेन अफ् कमान्ड हुन्छ, आफ्नो प्रक्रिया हुन्छ। त्यसैले बीचमा प्रक्रिया मिचेर अगाडि आएको छ कि, त्यो सबै होल हिस्ट्री हेरिन्छ। हिस्ट्री (इतिहास) हेरेर चेन अफ् कमान्डभित्र भएका कुरा हुन्,’ उनले भने।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ