सबै फाेहाेर मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिनु : सांसद अम्रेस सिंह


अत्रीदेव खबर / असार ५ : बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाएजस्तै सबै फाेहाेर लगेर महानगरको कार्यालय र बालेनकाे घर अगाडि थुपारिदिन आग्रह गरेका हुन्।

‘म तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु- सबै फाेहाेर महानगरपालिका र बालेन शाहकाे घरकाे अगाडि थुपाराैँ। त्यसका लागि हामी साथमा छाैँ। किनभने उहाँ (बालेन शाह) ले नै हाे याे सिकाएकाे, महानगरकाे मयेरले सिकाएकाे छ। अस्ति भर्खर सडक विभागकाे अगाडि दुई टिपर फाेहाेर थुपार्नुभएकाे थियाे’, उनले भने।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरे।

उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए।

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरे।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुलाई सबै फाेहाेर मेयर बालेन शाहको घर अगाडि लगेर थुपारिदिन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाएजस्तै सबै फाेहाेर लगेर महानगरको कार्यालय र बालेनकाे घर अगाडि थुपारिदिन आग्रह गरेका हुन्।

‘म तमाम कवाडी संघलाई आग्रह गर्न चाहन्छु- सबै फाेहाेर महानगरपालिका र बालेन शाहकाे घरकाे अगाडि थुपाराैँ। त्यसका लागि हामी साथमा छाैँ। किनभने उहाँ (बालेन शाह) ले नै हाे याे सिकाएकाे, महानगरकाे मयेरले सिकाएकाे छ। अस्ति भर्खर सडक विभागकाे अगाडि दुई टिपर फाेहाेर थुपार्नुभएकाे थियाे’, उनले भने।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफूले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरे।

उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताउँदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठी बर्साएको आरोप लगाए।

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरे।

सम्बन्धित समाचार