+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रतिनिधिसभा बैठक बस्दै

अत्रिदेव खबर
२०८१ अषाढ २, आईतबार


काठमाडौं – संघीय संसदअन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संसद भवन बानेश्वरमा बस्ने भएको हो।

बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने संसद सचिवालयको कार्यसूचीमा उल्लेख छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।

सांसद रामहरि खतिवडाले विनियोजन विधेयक २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

सांसदहरू अमरेशकुमार सिंह, प्रेम सुवाल, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद लिङदेन, रोशन कार्की, श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ।

२०८१ अषाढ २, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ