+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनेरास्ववियु कैलालीको १७ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक

अत्रिदेव खबर
२०८१ जेष्ठ ३२, शुक्रबार


अत्रीदेव खबर/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीले १७ औं जिल्ला अधिवेशनको तयारी थालेको छ ।
जेठ २८ गते बसेको जिल्ला कमिटीको बैठकले असार ७ र ८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
‘शिक्षा क्षेत्रमा भइरहेको ब्यापारीकरण र दलालीकरण विरुद्धको आन्दोलनमा हाम्रो जोड संविधानले ग्यारेन्टी गरेको नि:शुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा हाम्रो अठोट,’ भन्ने नाराका साथ शुक्रबार अनेरास्ववियु कैलालीले अधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

कैलालीको सुखडमा पत्रकार सम्मेलन मार्फत एमाले कैलालीका सचिव ममता प्रसाद चौधरी, सचिवालय सदस्य खगेन्द्र ठकुल्ला, घोडाघोडी नगर कमिटिका अध्यक्ष हेम सापकोटा ,नगरकमिटिका उपसचिव गगन कठायत लगायत नेताहरुको उपस्थितिमा लोगो सार्वजनिक गरिएको हो ।

असाढ ७ र ८ गते हुने अधिवेशनलाई सम्बोधन गर्न अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल आउने कार्यतालिका रहेको छ। करिब ३ सय प्रतिनिधि हरु २ सय पार्टीका नेता कार्यकर्ता गरी अधिवेशनमा ५ सयको हाराहारीमा सहभागिता रहने अनेरास्ववियुका कैलाली संयोजक कपिल सापकोटाले जानकारी दिए।

२०८१ जेष्ठ ३२, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ जेष्ठ ३२, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ